भारतको राष्ट्रपति कार्यालयमा आगोलागी
माघ २१ । भारतको राजधानीमा रहेको राष्ट्रपति भवनमा शुक्रबार आगोलागी भएको छ । सरकारी उच्च अधिकारीहरुले आगोलागीबाट कुनै मानवीय क्षति भने नभएको स्पस्ट पारेका छन् ।
स्थानीय समयअनुसार बिहान ८ः४० मा लेखा शाखाबाट आगोलागी सुरु भएको थियो । आगोलागीमा परी टेबल, कुर्सीसहित केही फर्निचर जलेको उनीहरुले जानकारी दिएका छन् । विद्युत् आपूर्तिमा भएको गडबडीका कारण आगोलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको छ । बेलायतले भारतमा शासन गरेकोबेला बनाइएको सो भवनमा ३०० कोठा रहेका छन् । सिन्ह्वा
Indian Presidents House