शेयर

नियमित समयमा १० कित्ताभन्दा कमको सेयर किनबेच हुने

नियमित समयमा १० कित्ताभन्दा कमको सेयर किनबेच हुने
माघ – २१ । आइतबारबाट १० कित्ताभन्दा कमको सेयर किनबेच हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले विज्ञप्ति जारी गर्दै नियमित समयमा अड लटको सेयर कारोबार हुने व्यवस्था मिलाएको हो । नेप्सेले नियमित समयमा हुने अड लट कारोबारले बजारको मूल्य सीमा तथा परिसूचकमा असर नगर्ने व्यवस्थासमेत मिलाएको छ । यस अघि नेप्सेले सुक्रबारमात्रै अड लटको कारोवार गर्ने गर्दथ्यो । नेप्सेमा यसअघि अन्य किसिमका अर्डरमा १० गुणा जाने कित्ता नभएको अवस्थमा अर्डर क्यान्सिल हुने समस्या थियो । नेप्सेले गरेको नयाँ व्यवस्थापछि उक्त समस्याको निराकरण भई लगानीकर्ता थप लाभान्वित हुने विश्वास गरेको छ ।

nepse

विशेष