कानुन सङ्कायतर्फकाे परीक्षाफल प्रकाशित

माघ–२१ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ तीन वर्षीय स्नातकोत्तर तह प्रथम वर्ष २०७२ को परीक्षाको परीक्षाफल शुक्रबार प्रकाशन गरिएको छ ।
परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ । रासस
कानुन सङ्काय
त्रिवि परीक्षा नियन्त्रण कार्यालय
परीक्षाफल