विदेश

युएईमा बाक्लो हिमपातसँगै प्रतिघण्टा ८० किलोमिटरको गतिमा हावाहुरी, तापक्रम माइनस २

युएईमा बाक्लो हिमपातसँगै प्रतिघण्टा ८० किलोमिटरको गतिमा हावाहुरी, तापक्रम माइनस २

माघ – २१ । संयुक्त अरब इमिरेट्स (युएई)मा बाक्लो हिमपातसँगै प्रतिघण्टा करिव ८० किलोमिटरको गतिमा हावाहुरी चलिरहेको छ । शुक्रबारबाट सुरु भएको हिमपातका कारणले युएईको तामक्रम माइनस २.२ डिग्रमा पुगेको छ ।


बिहीबारदेखि दुबईको रास अल खैमाह क्षेत्रसहितका दुबईका केही क्षेत्र तथा सारजाह र उम अल क्युवाइन क्षेत्रमा पनि हिमपात र बाक्लो बर्षात भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । युएईको भूकम्प विज्ञान तथा मौसम विज्ञान राष्ट्रिय केन्द्रले आज बिहान त्यहाँको तापक्रम माइनस २.२ डिग्री सेल्सियस भएको जनाएको छ । केन्द्रका अनुसार यो तापक्रम युएईको जेबेल जइस पहाडको क्षेत्रमा बिहान ८ बजे मापन गरिएको हो । बाक्लो हिमपात र हावाहुरीका कारण भिजिबिलिटी कम हुँदा युएईबाट हुने कयौँ उडान पनि रद्द गरिएको छ । बाक्लो पानी तथा हिमपात भएकाले सवारीसाधन सञ्चालनमा होसियार अपनाउन पनि आग्रह गरेको छ ।

UAE

विशेष