अपराध सुरक्षा News

कोटेश्वर बुहुमुखी क्याम्पसमा दोस्रो पटक चोरी, कर्मचारी संग्लग्न रहेको आशंका

कोटेश्वर बुहुमुखी क्याम्पसमा दोस्रो पटक चोरी, कर्मचारी संग्लग्न रहेको आशंका
  माघ २२ । गए राती कोटेश्वर बहुमुखी क्याम्पस महादेवस्थानमा चोरी भएको छ । क्याम्पसको लेखा शाखामा ताल्चा खोलेर चोरले चोरी गरेको छ । क्याम्पसको लेखाशाखामा रहेको ७ हजार रुपैया बराबरको रकम चोरी भएको हो । २ महिना अघि मंसिर ७ गते क्याम्पसबाट ८१ हजार रुपैया चोरी भएको थियो । उक्त चोरीको चोर पत्ता नलाग्दै क्याम्पसमा दोस्रो पटक चोरी भएको हो । प्रहरी प्रशाशन तथा व्यास्थापन समितीले चोरीको आशंका कलेज प्रशाशन तथा लेखा शाखामाथि गरेको छ । ताल्चा खोलेर चोरी गरेकाले चोरीको आशंखा कलेज प्रशाशनको कर्मचारी माथि देखिएको प्रहरीले जनाएको छ । पैसा राखेको दराज फोडेपनि प्रशाशनमा रहेको अन्य ५ वटै दराज खोलेर कागजपत्र छरपस्ट गरेको छ । विद्यार्थीको महत्वपुर्ण कागजपत्रहरु भुईभरी छरिएको छ । घटनास्थल हेर्दा विद्यार्थीको महत्वपुर्ण कागजात हराउन सक्ने देखिएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । क्याम्पसमा अन्य सामान सुरक्षित रहेको समेत क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पस प्रमुख गोविन्द बहादुर कार्की दोस्रो पटक चोरी हुनुले कर्मचारीको संग्लग्नता रहेको पुष्टी गरेको बताउछन् । अनुसन्धानमा खटिएका प्रहरी टोलीले चोरले धेरै संकेत छोडेकाले तत्कालै चोर पत्ता लाग्ने बताएका छन । प्रहरीले घटनास्थलबाट मुचुल्का उठाएर आज (शनिबार) बिहान लगिसकेको छ ।

koteshwor multiple campus

विशेष