विदेश

विद्राेहीसँगको शान्तिवार्ता भंग गर्ने राष्ट्रपतिको घोषणा

विद्राेहीसँगको शान्तिवार्ता भंग गर्ने राष्ट्रपतिको घोषणा

माघ २३ । फिलिपन्सिका राष्ट्रपति रोड्रिगो डुर्टेटेले बिद्रोहीसँगको शान्तिवार्ता भंग भएको घोषणा गरेका छन् । राष्ट्रपति डुर्टेटेले कम्युनिष्ट बिद्रोही संगठनको माग पुरा गर्न नसक्ने भन्दै अघिल्लो महिना हुने भनिएको शान्तिवार्ता रद्ध गरेका छन् ।

नर्वेमा हुने भनिएको वार्ताका लागि गएका प्रतिनिधिलाई स्वदेश फिर्ता हुन राष्ट्रपतिले आदेश दिइसकेको अन्तर्राष्ट्रि समाचार संस्था बीबीसीले जनाएको छ । कारागारमा रहेका ४ सय भन्दा बढी बिद्रोहीलाई छाड्नु पर्ने माग पूरा गर्न नसक्ने भन्दै वार्ताबाट सरकार पछि हटेको हो ।

वार्तामा सहभागी हुनका लागि कारागारमा रहेका बिद्रोही नेतालाई पनि छाडिएकाले उनीहरुलाई स्वदेश फर्किना साथ पक्राउ गर्न राष्ट्रपति डुर्टेटेले आदेश दिएका छन् । दुई तहको प्रारम्भिक वार्ता पछि हुन लागेको वार्ता भंग हुँदा ५० वर्ष देखि संघर्षरत कम्युुनिष्ट शक्तिसँगको शान्ति प्रक्रिया पुनः अलपत्र पर्ने देखिएको छ । सरकारले वार्ता भंग गरे पछि बिद्रोहीले भने कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

विशेष