News

वीरगञ्ज अस्पतालबाट चोरी भएको शिशु फेला

वीरगञ्ज अस्पतालबाट चोरी भएको शिशु फेला
माघ–२३ । वीरगञ्जको छपकैयामा रहेको नारायणी उपक्षेत्रीय अस्पतालको प्रसूति गृहबाटै माघ २१ मा दिउँसो चोरी भएको शिशु पर्साको बेलवाबाट फेला परेको छ । प्रहरी उपरीक्षक गोविन्द शाह नेतृत्वको टोलीले उक्त शिशुको उद्धार गरी नारायणी उपक्षेत्रीय अस्पताल लगिंदैछ । उक्त बच्चालाई पर्सा सिक्टाकी २७ वर्षीया लालसादेवी साहले चोरी गरी बेलवामा लुकाइराखेको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । वीरगञ्ज उपमहानगरपालिका–१ की आशादेवी पासवानको नवजात शिशु २१ माघ दिउसो २ बजे प्रस्तुति गृहबाट चोरी भएको थियो । बिहान ७ बजे भर्ना भएकी आशादेवीले १० बजेर ४० मिनेट शिशुलाई जन्म दिएपछि आशालाई २ बजे अस्पतालको वेडमा सारिएको थियो । रक्तस्राव हुन थालेपछि उपचार गराउन प्रसुति वार्डमा लगेको केही बेरमै अस्पतालको अर्को वेडमा रहेकी अपरिचित महिलाले शिशुलाई खेलाउदै बाहिर लगेकी थिइन । सासू रमावतीदेवी बुहारी कुर्न बसेकी थिइन् । त्यही बेला उक्त अपरिचित महिलाले उनलाई ५० रुपैयाँ दिएर दुध र पाउरोटी ल्याउनु म बच्चा हेर्छु भनेर बाहिर पठाएको रमावतीले बताइन् । आफ्नो नातीलाई दुध र पाउरोटी किन्न रमावतीदेवी बाहिर गएकै समयमा ती महिला बच्चा लिएर फरार भएको पीडितले आरोप लगाएकी थिइन् ।

वीरगञ्ज अस्पताल शिशु

विशेष