News

लोकमानमाथि लगाइएको कसुर सही : महाअभियोग सिफारिस समिति

लोकमानमाथि लगाइएको कसुर सही : महाअभियोग सिफारिस समिति
माघ–२३ । तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि लगाइएको कसुर व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले सही साबित भएको जनाएको छ । समिति अन्तर्गतको उपसमितिले कार्कीमाथिको महाअभियोग प्रस्तावमा उल्लेख भएका कसुरहरु सत्य साबित भएको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो । उपसमितिका संयोजक रामनारायण बिडारीका अनुसार कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव प्रायश : सत्य ठहरिएको छ । उनले सम्बन्धित निकायसँग सोधपुछ गर्दा कार्की दोषी देखिएको पनि स्पष्ट पारे । उपसमितिले आफ्नो कार्यकालमा कार्कीले विभिन्न निकायमा अनुसन्धानका लागि भन्दै गरेको पत्राचारको सम्पूर्ण विवरण मगाएर छानविन गरेको थियो । उपसमितिले कार्कीमाथि लगाइएको महाअभियोगको सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयसँग परामर्श पनि गरेको थियो । कार्कीले अख्तियारमा रहँदा गरेका कसुर सम्बन्धि आवश्यक अनुसन्धान गर्न महाअभियोग सिफारिस समितिले बिडारीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । सर्वोच्च अदालतले तत्कालीन अख्तियार प्रमुख कार्कीलाई अयोग्य ठहर गर्दै पदमुक्त गरिसकेको छ ।

महाअभियोग सिफारिस समिति गठन लोकमानसिंह कार्की

विशेष