विदेश

अफगानिस्तान र पाकिस्तानमा हिमपातमा १ सय भन्दा बढीको ज्यान गयो

अफगानिस्तान र पाकिस्तानमा हिमपातमा १ सय भन्दा बढीको ज्यान गयो

माघ २४ – अफगानिस्तान तथा पाकिस्तानमा हिमपहिरोमा परि एक सय भन्दा धेरै मानिसको ज्यान गएको छ ।

लगातार भइरहेको हिमपात तथा हिमपहिरोका कारण अफगानिस्तानमा पछिल्लो तीन दिनमा एक सय भन्दा धेरैको ज्यान गएको हो । त्यसमध्ये १६ जनाको राजधानी काबुलको उत्तरी क्षेत्रमा गएको हिमपहिरोमा परि ज्यान गएको हो । यस्तै पाकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानको उत्तरपूर्वी राज्य नुरिस्तानमा हिम पहिरोमा परि ४५ जनाको ज्यान गएको बिबिसीले जनाएको छ ।

पाकिस्तानमा पनि हिमपहिरोमा परि १३ जनाको ज्यान गएको छ । त्यसमध्ये ९ जनाको चितराल शहरमा ज्यान गएको हो । हिमपहिरोका कारण धेरै घरमा क्षति पुगेको छ । धेरै मानिस घरमै फसेका छन् । हिउँका कारण यातायात सेवा रोकिएको छ भने सयौं गाडी बाटोमै रोकिएका छन् ।

Afaganistan

विशेष