विदेश

अमेरिकामा कुनै गम्भिर परिस्थिति आइलागे अदालतले जिम्मा लिनु पर्ने ट्रम्पको चेतावनी

अमेरिकामा कुनै गम्भिर परिस्थिति आइलागे अदालतले जिम्मा लिनु पर्ने ट्रम्पको चेतावनी
माघ २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्देशन लागु गर्न नदिने अदालती निर्णयका कारण कुनै गम्भीर परिस्थिति सृजना भए त्यसको जिम्मेवारी निर्णय गर्ने न्यायाधीश र अदालती पद्धतीले नै लिनुपर्ने चेतावनी दिएका छन् । सात मुस्लिम मुलुकका नागरिकलाई रोक्न जारी गरिएको कार्यकारी आदेश लागु गराउन गरिएका सबै प्रयास एकपछि अर्को गर्दै अदालतले विफल पारिदिएपछि क्रुद्ध बनेका ट्रम्पले अदालतप्रति रोष प्रकट गरेका हुन् । उनले सीमाहरुमा उच्च सुरक्षा सतर्कता अपनाउन भन्दै अमेरिका भित्रनेहरुको निकै सावधानीपूर्वक जाँच गर्न पनि अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

Donald Trump

विशेष