अपराध सुरक्षा News

होटलमा लगेर प्रेमिकालाई एसिड हान्ने युवक पक्राउ

होटलमा लगेर प्रेमिकालाई एसिड हान्ने युवक पक्राउ

माघ २४ । एसिड प्रहार गरी गम्भीर घाईते बनाएको अभियोगमा धादिङ नौबिसे–१ बस्ने २८ वर्षीय सुनिल कोईरालालाई आइतबार प्रहरीले बुटवल–६ स्थित मेरिडियन होटेलबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कोइरालाले प्रेम सम्बन्धमा खटपट भएको कारण उक्त होटेलको कोठा नम्बर १०३ मा सँगै बसेकी नवलपरासी गैंडाकोट–५ बस्ने २७ वर्षीया तुलसा सापकोटालाई अनुहार, टाउको र शरीरमा एसिड प्रहार गरेका थिए ।

घाइते तुलसाको लुम्बिनी अञ्चल अस्पतल बुटवलमा उपचार भइरहेको जनाइएको छ ।

प्रहरीले उक्त होटेलको कोठा नम्बर १०४ मा बसेकी तुलसाकी सानीआमा काठमाडौं–७ चाबहिल बस्ने ४० वर्षीया देवी खरेललाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Acid Pdrahar

विशेष