News

निलम्बित एसएसपी खत्रीलाई ४ दिन हिरासतमा राख्न अनुमति

निलम्बित एसएसपी खत्रीलाई ४ दिन हिरासतमा राख्न अनुमति
माघ – २५ । निलम्बित एसएसपी श्याम खत्रीलाई ४ दिन न्यायिक हिरासतमा राख्न अदालत अनुमति दिएको छ । सुन काण्डमा पक्राउ परेका एसएसपी खत्रीलाई जिल्ला अदालतले थुनामा राख्न अनुमति दिएको हो । खत्रीविरुद्ध प्रहरीले संगठित अपराध अन्तरगतको मुद्दा चलाउन हिरासतमा राख्न समय माग गरे अुनसार अदालतले ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । ३४ किलो सुन काण्डको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले एसएसपी खत्रीलाई आइतबार पक्राउ गरेको थियो ।

Shyam Khatri

विशेष