News

नेपालीका लागि करोडौं सहयोग जुटाउने समाजसेवी लामिछाने राजदुतको रवैया सम्झिएर मन्त्रीका सामू भक्कानिए

नेपालीका लागि करोडौं सहयोग जुटाउने समाजसेवी लामिछाने राजदुतको रवैया सम्झिएर मन्त्रीका सामू भक्कानिए

 


केही महिना पहिले अमेरिकाको ओक्लोहमामा एक नेपाली युवतीको निधन भयो । निशा कार्की आफ्नै बलबुतामा नर्सिङ पढ्न गएकी थिइन् । धादिङकी निशाले सानैमा बुबा गुमाएकी थिइन्, काठमाडौंमा आमाले मजदुरी गर्थिन् । एक्ली छोरीको निधन भएपछि कल्पना कैयौँ दिनसम्म अर्धचेत रहिन् । नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेका सहोदर भाइ अमेरिकामा गनेचुनेका नेपाली वैज्ञानिक थिए । कोलम्बियामा बस्ने उनका भाइलाई सडकपेटीमा उभिइरहेको बेला सडकबाट हुर्रिदै आएको गाडीले ठक्कर दियो । उनको निधन भयो । निशाको निधन हुँदा कृष्ण पारिवारीक पीडामा थिए ।

निशालाई सानैदेखि चिनेका कृष्णको मन थामिएन । आफ्नो पीडा भुलेर निशाकी आमाको सहयोगार्थ अभियान थाले । कृष्ण र अन्य सहयोगीको अभियानले रातारात लाखौँ उठायो । संकलित झण्डै ४५ लाख रुपैयाँ रकम हस्तान्तरण गर्नका लागि आइतबार साँझ ठमेलमा कार्यक्रम आयोजना गरियो । होली हिमालय ट्रष्टद्वारा आयोजित कार्यक्रममा निशाकी आमाको रोदनले माहोल भावपूर्ण थियो ।  

सिंचाई मन्त्री दीपक गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एनएसटीका अध्यक्ष लामिछानेले सहयोग संकलन गर्दाको अनुभव सुनाए । मन्तव्यका क्रममा उनी भक्कानिए, ‘मेरो आफ्नै भाइ मर्यो । धेरैतिर सो घटना समाचार बन्यो । निशा मरिन् । नेपाली सबै लागेर सहयोग जुट्यो । टेक्सासमा मात्र दर्जन व्यक्तिले पछिल्लो केही महिनामा ज्यान गुमाए । नेपालीले सहयोग जुटाउँदै आएका छौँ । तर, यस्तो पीडा हुँदा पनि राजदुतले एक कल फोन गरेर सान्त्वनासमेत दिँदैनन् । नेपालमा कुनै अमेरिकीको निधन भए यहाँका राजदुतले के गर्छन ? मन्त्रीज्यू यस्ता राजदुतलाई हाम्रो तिरोबाट किन तलबभत्ता दिने ?’ लामिछानेको अभिव्यक्तिले हलमा सन्नाटा छायो । मन्त्री गिरीले राजदुतको व्यवहारका सम्बन्धमा मन्त्रिपरिषद्मा कुरा उठाउने बताए ।


नेपालीले नेपालीलाई गरेको सहयोग उदाहरणीय

पछिल्लो समय नेपालीले अनलाइन सहयोग अभियानलाई तीब्रता दिने गरेका छन् । कसैलाई केही परिहाले अनलाइन कोष खडा गर्ने र विश्वभरका नेपालीबाट सहयोग जुटाउने गरिएको छ । टेक्सास नेपाली समाजले यसका लागि उदाहरण प्रस्तुत गरेको कार्यक्रमका वक्ताहरुको भनाइ थियो । अमेरिकाबाट नेपालमा शब पठाउने देखि पीडित परिवारको भरणषोषणका लागि खर्च जुटाउने सन्दर्भमा एनएसटी सक्रिय रहेको छ । एनएसटीले भूकम्पका बेला करोडौं रकमको राहत जुटाएको अध्यक्ष लामिछानेले जानकारी दिए । एनएसटीकै भूकम्प प्रभावित विभिन्न ठाउँमा विद्यालय निर्माण भइरहेको छ । एनएसटीले टेक्सासमा नेपाली पाठशाला र पशुपति मन्दिरको संचालन गरेको छ ।



र योपनी,


► अमेरिकामा नेपाली युवतीकाे निधन

► अर्धचेत कल्पना बरबराइरहेकी छिन्, ‘मेरो बिन्ती ! छोरी निशाको मुख हेर्न देऊ’ [भिडियोसहित]

dallas nepali society krishna lamichhane Nisha Karki

विशेष