विदेश

अफगानिस्तानमा हिउँ पहिरोमा परी १ सय ५ को मृत्यु, कैयौँ घाइते

अफगानिस्तानमा हिउँ पहिरोमा परी १ सय ५ को मृत्यु, कैयौँ घाइते

माघ – २४ । अफगानिस्तानको पुर्वीक्षेत्रमा पर्ने दुर्गम गाउँमा हिमपात र हिउँ पहिरोमा परी १ सय ५ जनाको मृत्यु भएको छ । घटनामा अन्य कैयौँ घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पाकिस्तानको सीमा क्षेत्रमा भएको सो घटनामा परि मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीले अनुमान गरेका छन् । अरु दर्जनौं घरहरुमा क्षति भएको उनीहरुले जानकारी दिएका छन् । ‘यो दुखदायी प्राकृतिक प्रकोपले हाफ्सा गाउँ र विषेशगरी वर्ग इमताल जिल्ला निकै प्रभावित भएको छ, प्रारम्भिक विवरणहरुका अनुसार कम्तीमा १ सय ५ जनाको मृत्यु भएको छ, अरु एक दर्जन घाइते भएका छन,’ प्रान्तीय एक उच्च अधिकारीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ । प्रभावित क्षेत्रका सडकमा हिँउका कारण यातायात अवरुद्ध भएको छ भने उद्धार र सहयोगका लागि सुरक्षाकर्मी तथा उद्धारकर्मीहरु खटाइएको छ, उनीहरुले बाटोबाट हिउँ हटाउने प्रयास गरिरहेका छन् । अफगानिस्तानका विभिन्न ठाउँमा भएको बाक्लो हिमपात र अत्याधिक जाडोका कारण पछिल्लो तीन दिनमा मात्रै ९० जना भन्दा बढीको मृत्यु भएको छ । सोही अवधिमा हिँउले गर्दा झण्डै २ सय घरमा क्षतिपुगेको छ ।

हिउँ पहिरो

विशेष