बेलायती रानी एलिजाबेथ दोस्रोले पूरा गरिन ६५ वर्षको शासन काल

माघ–२४ । बेलायती रानी एलिजाबेथ दोस्रोले निलमणी जयन्तीमा प्रवेश गर्ने पहिलो रानी बन्दै इतिहास रचेकी छिन् ।
[caption id="attachment_54740" align="alignnone" width="766"]
सन् १९८४[/caption]
फेब्रुअरी ६ मा रानी बनेकी एलिजाबेथले आफ्नो शासन काल ६५ वर्ष पुरा भएको छ । शासन काल ६५ वर्ष पुगेको अवसरमा लण्डनको ग्रिन पार्कमा राजकीय ४१ टोपको सलामी दिइने छ ।
[caption id="attachment_54741" align="alignnone" width="766"]
सन् २००६[/caption]
सम्मानीय युद्ध सामग्रीको कम्पनीले लण्डनको टावरबाट १ बजे ६२ वटा बन्दुकको सलामी दिइयो । उनले अघिल्लो वर्ष मात्र ९० औँ जन्मजयन्ती मनाएकी थिइन् ।
[caption id="attachment_54742" align="alignnone" width="733"]
सन् २०१७[/caption]
यसपश्चात् २०२२ मा प्लाटिनम जुब्लि (७० वर्षको समय)को रमझमको बारेमा पनि चर्चा सुरु भइसकेको छ । त्यसबेला रानी एलिजाबेथ ९६ वर्षको हुनेछिन् ।
एलिजाबेथ दोस्रो
बेलायत


