विदेश

साउदीका २७ विमानस्थल एक वर्षभित्रमा निजीकरण

साउदीका २७ विमानस्थल एक वर्षभित्रमा निजीकरण
माघ - २४ । साउदी अरबका २७ ओटा विमानस्थल आउदो सन् २०१८ को मध्य देखि निजि कम्पनीहरुले चलाउने भएका छन् । विमानस्थललाई स्वतन्त्र संस्थाको रुपमा चल्ने दिने योजना अनुसार निजिकरण गर्न लागिएको स्थानीय एक पत्रिकाले सोमबार लेखेको छ । साउदी नागरिक उड्डयनले ती विमानस्थललाई निजिकरण गर्नका लागि विदेशी लगानीकर्तालाई आकर्षण गर्न चाहेको पनि पत्रिकामा लेखिएको छ । नागरिक उड्डयनका उपाध्यक्ष डा. फैसल अल साक्विरले पनि विमानस्थलका लागि विदेशी लगानीकर्ताहरु आउने विश्वास व्यक्त गरे । 'इकोनोमिक भिजन-२०३०' अन्तर्गत साउदी अरबले गत हप्ता मात्रै सरकारका १६ ओटा निकायलाई निजिकरण गर्ने घोषणा गरेको थियो । यो निजिकरण कार्यक्रमको पहिलो चरण हो । सरकारले १४७ ओटा सरकारी निकाय र ८५ ओटा राज्यका आयोजनाहरुलाई निजिकरणका लागि छनौट गर्ने भएको छ । तेलको युग सकिएपछिको समयका लागि साउदी अरबले सुरु गरेको निजिकरणको राम्रा कदमहरुले विदेशी तथा स्थानीय लगानीकर्ताहरुलाई आकर्षीत गर्ने विश्वास लिइएको छ ।

साउदी एरपाेर्ट

विशेष