News

कालीकोट जिल्ला अस्पताललाई ५० श्ययाको बनाउन माग

कालीकोट जिल्ला अस्पताललाई ५० श्ययाको बनाउन माग
माघ - २४ । कालीकोट जिल्ला अस्पताललाई ५० श्ययाको बनाउन माग गर्दै कालीकोटवासीले स्वास्थ्यमन्त्री गगनकुमार थापालाई आज ज्ञापनपत्र बुझाएका छन् । नेपाल तरुण दलका महासचिव एवम् काँग्रेस कालीकोटका नेता भूपेन्द्रजङ्ग शाहीको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । शाहीले कालीकोटमा विशेषज्ञ डाक्टर नहुँदा अकालमा धेरै मानिसले ज्यान गुमाउनुपरेको जनाउँदै जिल्लामा नै ५० श्ययाको अस्पताल माग गरिएको बताए । उनले भने, “कालीकोटवासी स्वास्थ्योपचारका लागि नेपालगन्ज, काठमाडौँलगायत सहर पुग्नुपरेको र गरिबले स्वास्थ्य उपचार नपाएर मर्नुपरेको छ ।” ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री थापाले कालीकोट जिल्ला अस्पताललाई चाँडै ५० श्ययाको अस्पताल बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कालीकोट जिल्ला अस्पताल

विशेष