विदेश

मसाज पार्लरमा आगलागी हुँदा १८ को मृत्यु, १८ घाइते

मसाज पार्लरमा आगलागी हुँदा १८ को मृत्यु, १८ घाइते
माघ - २४ । चीनको एक मसाज पार्लरमा आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ। घटनामा परी १८ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। चीनको पूर्वी झेजिङमा स्थानीय समयअनुसार आइतबार बेलुका साढे पाँच बजेतिर भएको आगलागी झण्डै दुई घण्टापछि मात्रै नियन्त्रणमा लिइएको थियो। मृत्यु भएकामध्ये आठजनाको घटनास्थलमै र बाँकी १० जनाको अस्पतालमा लगेपछि मृत्यु भएको जनाइएको छ। चिनियाँ सामाजिक सञ्जालहरूमा पोष्ट गरिएको आगलागीको भिडिओमा आगलागीमा परेकाहरूले जीवन जोगाउन पटकपटक भाग्ने प्रयास गरेको तर असफल भएको देखिएको छ। आगलागीको कारण अहिलेसम्म पनि स्पष्ट हुन नसकेको स्थानीय प्रहरीले जनाएको छ। चीनमा अग्नि सुरक्षामा खासै ध्यान दिइएको पाइँदैन । देशभरका सबैजसो भवनमा आगलागीका बेला बाहिर निस्कने पर्याप्त ढोकाहरूको व्यवस्था नगरिएको पाइन्छ। सिन्ह्वा

Fire

विशेष