विदेश

रेकर्ड तोड्दै कतार विमानद्वारा विश्वको सबैभन्दा लामो उडान

रेकर्ड तोड्दै कतार विमानद्वारा विश्वको सबैभन्दा लामो उडान
माघ - २४ । विश्वकै सबैभन्दा लामो दुरीको व्यवसायिक उडानका लागि छुटेको कतार विमान कम्पनीको विमान निर्धारित् तालिकाअनुसार सोमबार न्यूजिल्यान्डको अकल्यान्डमा अवतरण भएको छ । कतार कम्पनीको विमान नम्बर ‘क्यूआर ९२०’ ले आफ्नो निर्धारित् १४ हजार ५३५ किलोमिटर पूरा गरी निर्धारित् समयभन्दा केही मिनेटपहिल्यै अकल्यान्डमा अवतरण भएको उक्त विमान कम्पनीद्वारा ट्वीटमार्फत् जानकारी गराइएको छ । यससँगै कतारको राजधानी दोहाबाट अकल्यान्डका लागि उडेको उक्त विमानले दुबईको इमिरेट्स विमान कम्पनीले दुबईबाट अकल्यान्डसम्मको दुरी पार गरी केही समयपहिले विश्वको सबैभन्दा लामो उडान गरी राखेको कीर्तिमानलाई छायाँमा पारिदिएको छ । इमिरेट्स कम्पनीको विमानले कतारको विमान कम्पनीकोभन्दा ३०० किलोमिटर कम उडान भरेर रेकर्ड बनाएको थियो ।

Qatar Airlines

विशेष