विदेश

भारतमा भूकम्पको धक्का, नेपालमा पनि महसुस

भारतमा भूकम्पको धक्का, नेपालमा पनि महसुस
माघ २५ । भारतमा सोमबार राति भूकम्प गएको छ । ५ दशमलव ८ म्याग्निच्युड मापन गरिएको भूकम्पको केन्द्रबिन्दु भारत देहरादुनको उत्तर पूर्व १ सय १४ किलोमिटर टाढा रुद्रप्रयागनजिक रहेको जनाइएको छ । दिल्लीसहित उत्तर प्रदेश, हिमाञ्चल तथा हरियाणामा पनि भूकम्पको धक्का महशूस भएको थियो भने मानिसहरु सडकका निस्केका थिए । राति १० बजेर ४९ मिनेटमा भएको भूकम्पका कारण कुनै मानवीय र भौतिक क्षति नभएको जनाईएको छ । अमेरिकी भूगर्भ विभाग युएसजिएसले भने ५ दशमलव ६ म्याग्निच्यूडको भूकम्प रहेको जनाएको छ । त्यस्तै यता भूकम्पको झड्का नेपालमा पनि महसुस गरिएको छ । भूकम्पको झड्का सुदूरपश्चिमको कञ्चनपुर आसपासमा क्षेत्रमा महसुस गरिएको हो । भूकम्प गएको केही सेकेण्डसम्म कम्पन बारम्बर आइरहेको स्थानीले बताएका थिए । सुदुरपश्चिमका केही जिल्लामा झड्का महशुस भएको हो ।

Earthquake

विशेष