विदेश

चार लाख गोलीसहित भिक्षु पक्राउ, बौद्ध मठबाटै तस्करी

चार लाख गोलीसहित भिक्षु पक्राउ, बौद्ध मठबाटै तस्करी
माघ २५ । म्यानमारमा लागू औषधसहित एक बौद्ध भिक्षु पक्राउ परेका छन् । मेथाम्फेटामाइनको चार लाख गोलीसहित भिक्षुलाई रकाइन प्रान्तबाट पक्राउ गरिएको हो । बौद्ध मठबाट ४० लाख बराबरको मेथाम्फेटामाइनको गोली लुकाएर राखिएको पनि फेला परेको छ । सो मन्दिरको रेखदेखमा रहेको भिक्षु म्यानमारको रकाइन प्रान्त जाने क्रममा पक्राउ परेका हुन् । पक्राउ परेको लागू औषधको मूल्य ९२ लाख अमेरिकी डलर बराबरको रहेको बुझिएको छ म्यानमारदेखि बंगलादेशको सीमामा रहेको माउँगर्डा शहर जाने क्रममा उनी पक्राउ परेका हुन् । म्यानमार पछिल्लो समय लागू औषध उत्पादन गर्ने राष्ट्रको सूचीमा परेको छ ।

Myanmar

विशेष