विदेश

सत्यार्थीको नोबेल पुरस्कारको पदक चोरियो

सत्यार्थीको नोबेल पुरस्कारको पदक चोरियो
माघ – २५ । भारतका नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीको पदक चोरी भएको छ । उनको पदक नयाँदिल्लीस्थित आफ्नै निवासबाट चोरी भएको हो । चोरले नोबेल पुरस्कारको प्रमाणपत्रसमेत चोरी गरेका छन् । बालअधिकारका अभियानकर्ता सत्यार्थीले मंगलबार (आज) बिहान भएको चोरीपछि नोबेल पुरस्कारको प्रमाणपत्र पनि हराइरहेको बताएका हुन् । चोरी भएको समयमा घरमा कोही पनि नभएको उनले प्रहरी सामू बयान दिएका छन् । दिल्ली प्रहरीले घटनापछि अनुसन्धान सुरु गरेको छ । बालश्रम र बालबेचविखनविरुद्ध सक्रिय सत्यार्थीलाई पाकिस्तानकी मलाला युसुफजाईसँग संयुक्तरुपमा सन् २०१४ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

Kailash Satyarthi nobel prize

विशेष