News

इन्सपेक्टरसहित नौजनालार्इ आक्रमण गर्ने बाघलाई गोली हानी मारियो

इन्सपेक्टरसहित नौजनालार्इ आक्रमण गर्ने बाघलाई गोली हानी मारियो
माघ – २५ । गाउँलेलाई आक्रमण गर्ने बाघलाई प्रहरीले गोली हानी मारेको छ । पर्सा बन्यजन्तु आरक्षबाट निस्केर ४ जना प्रहरीसहित ९ माथि आक्रमण गरी घाइते बनाएपछि बाघलाई मंगलबार प्रहरीले गाली हानी मारेको हो । आरक्षबाट पर्साको लखनपुर गाविस–७ मा निस्केको बाघले आक्रमण गर्दा एकजना प्रहरी निरीक्षकसहित चारजना प्रहरी र अन्य पाँच जना सर्वसाधरण घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीका अनुसार नियन्त्रणमा लिन नसकिएपछि गाउँलेको ज्यान बचाउन बाघलाई नै मारिएको हो । बाघको आक्रमणमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रनि चक्रबहादुर साह, मौवन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अरुणकुमार झा, प्रहरी हवलदार दिपेन्द्र यादव र प्रहरी जवान बेदबहादुर श्रेठ घाइते भएका थिए । बाघको आक्रमणबाट गाउँलेहरुमा लखनपुरका मोतीलाल यादव, रघुबीर साह, र लखनपुरकै आशमान राउत पनि घाइते भएका थिए । तुफान पटेल र रामनगरीका महेन्द्र सहनी पनि बाघको आक्रमणबाट घाइते भएका थिए । घाइते नौजनामा इन्सेपक्टर चक्रबहादुर तथा गाउँलेहरु रघुबीर साह र मोतिलाल यादवलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ लगिएको छ । घाइतेमध्ये मोतिलालको हिपमा गहिरो चोट छ भने प्रनि चक्रबहादुर हातको हत्केला नै बाघले लुछेको छ ।

पर्सा बन्यजन्तु आरक्ष बाघ

विशेष