News

हाेसियार ! कतै तपाईंको भान्सामा बम त छैन ? [भिडियाेसहित]

हाेसियार ! कतै तपाईंको भान्सामा बम त छैन ? [भिडियाेसहित]
माघ – २५ । ग्यास कम्पनीले खाना पकाउने ग्यासको सिलिन्डरमा चारम लापरवाही गर्दा सिलिन्डर बम बन्ने खतरा देखिएको छ । पुराना सिलिन्डर तथा ग्याँस भरिएका सिलिन्डर परीक्षण बिना कम्पनीहरुले बजारमा पठाउँदा पनि सम्बन्धित् निकायले ध्यान नदिँदा ग्यास सिलिन्डर बम बन्ने खतरा देखिएको हो ।
ललितपुरको ठैबबा एक उपभोक्ताले तारा कम्पनीको खाना पकाउने ग्यास सिलिन्डर बमको रुपमा आफ्नो भान्सामा पुर्याएका छन् । ठैबमा भेटिएको उक्त ग्याँसको सिलिन्डरबाट ग्याँस लिक भएको भेटिएको हो । जसले गर्दा उपभोक्ता ठगिने सँगसँगै सिलिन्ड बममा परिणत हुने खतार बढेको छ । किराना पसलबाट किनेर भान्सामा पुर्याइएको तारा ग्याँसको सिलिन्डरको सिल तोड्ने बित्तिकै गनाउन थालेको थियो । ग्याँस लिक भएको थाहा पाएपछि पसलेलाई जानकारी गराएपनि हालसम्म कम्पनीले कुनै प्रतिक्रिया नदिएको ती उपभोक्ताको भनाइ छ । ग्यास पसलले अरु ग्यास नआएकोले लिग ग्यास नसाटिदिको ती उपभोक्ता बताउँछन् । तारालगायत अन्य कम्पनीका ग्याँस जोखिमपूर्ण अवस्थामा ठैबमा भित्रिने गरेको उनको भनाइ छ । सम्बन्धित निकायको कम्जोरीका कारण भारतीय नाकाबन्दीका बेला डिस्पोज गर्नुपर्ने ग्याँसका सिलिन्डर बजारमा पठाइएको बताइन्छ । जसले गर्दा ठूलो धनजनको क्षती पुर्याउनसक्ने भन्दै उपभोक्ता चिन्तित बनेका छन् । यस्ता सिलिन्डरहरु भान्सामा कति पुगेका छन् त्यसकाे भने एकीन हुन सकेकाे छैन । यस्ता घटनाप्रति न सरकारले अनुगमन गरेको छ, न त कम्पनीहरुले नै जिम्मेवारी वहन गरेका छन् । जसले गर्दा भान्सामा पुगेका खाना पकाउने ग्याँसका सिलिन्डर बममा परिणत हुने खतरा बढेको छ । अव सम्बन्धित् उपभोक्ता नै चनाखो हुनु पर्ने बेला आएको छ । उपभोक्ताले खरिद गरी भान्सामा पुर्याइएका ग्याँसका सिलिन्डर लिक भएको छ की छैन परीक्षण गरेर मात्रै प्रयोगमा ल्याउने बानी बसाल्नुपर्ने देखिन्छ ।
 

सिलिन्डर बम

विशेष