विदेश

पाकिस्तानमा ६ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

पाकिस्तानमा ६ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प
माघ २६ । पाकिस्तानमा आज विहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार पाकिस्तानको पास्नी सहरको २३ किलोमिटर दक्षिण पश्चिममा भूकम्पको केन्द्र विन्दु रहेको थियो । ६.३ रेक्टर स्केलका तिव्रता रहेको भूकम्प स्थानीय समय अनुसार बिहान ३ बजेर ३ मिनेटमा गएको थियो । गत अप्रिलमा छिमेकी अफगानिस्तानमा ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो । सन् २०१५ को अक्टोबरमा पाकिस्तान र अफगान्सितानमा गएको ७.५ रेक्टर स्केलको भूकम्पमा परी ४ सयभन्दा बढीले ज्यान गुमाएका थिए ।

Pakistan Earthquake

विशेष