विदेश

अफगानिस्तानमा आत्मघाती आक्रमण २० जनाको मृत्यु दर्जनौं घाइते

अफगानिस्तानमा आत्मघाती आक्रमण २० जनाको मृत्यु दर्जनौं घाइते

माघ २६ । अफगानिस्तानको राजधानी काबुलस्थित उच्च अदालतमा भएको आत्मघाती आक्रमणमा २० जनाको मृत्यु भएको छ ।

४१ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । अदालतको बिदा हुने समय एक आत्मघाती आक्रमणकारीले परिसरको पार्किङ क्षेत्रमा बिष्फोट गराएको अफगान प्रहरीको दावी छ । घटनाको जिम्मेबारी अहिलेसम्म कुनै समुहले लिएको छैन ।

आक्रमणमा अदालतका कर्मचारी र सर्वसाधारण परेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यसैबीच ईस्लामिक बिद्रोही संगठन तालेबानले फरह प्रान्तका एक बरिष्ठ अधिकारीको हत्या गरेको दाबी गरेको छ ।

आत्मघाती आक्रमण हुनु अघि तालेबान बिद्रोहीले ती अधिकारीको हत्या गरेका थिए ।

Afaganistan

विशेष