ओबामाको गर्धनमा अर्बपतिको हात ! (फोटो फिचर)

माघ २६ । ८ वर्षसम्म विश्वकै शक्तिशाली मुलुक अमेरिकालाई नेतृत्व गरेका बाराक ओबामाको अवकासपूर्ण जीवन सुरु भएको छ ।
भर्खरै उनी साताव्यापी घुमफिर सकेर वासिंटन फर्किएका छन् । ओबामाका घुमफिरका केही तस्वीर बाहिर आएका छन् । अर्बपति मित्र रिचर्ड ब्रेनसनका साथ ओबामाले भर्जिन आइल्याण्डमा केही समय बिताएका थिए ।
ब्रेनसन र ओबामाले ‘वाटर स्पोर्ट’को मजा लिए । दुवैबीच केही ठट्टा र रमाइलो पनि भयो । वाटर सर्फिङमा दुबैबीच प्रतिश्पर्धा पनि भयो । बाजी ओबामाले मारे । अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेको ८ वर्षसम्म आफूले यति खुलेर रमाइलो गर्न नपाएको ओबामाको भनाइ थियो ।
ब्रेनसनले ओबामासँगका अनुभव र तस्वीर सार्वजनिक गरेका हुन् । उनले भने, ‘राष्ट्रपति बन्नुअघि ओबामा मोस्किटो आइल्याण्ड गएका थिए, त्यहाँ उनले सर्फिङ गरेका थिए । उनका सुरक्षा टिमका प्रमुखले राष्ट्रपति पदमा रहुन्जेल ओबामाबाट यस्तो काम अब हुनेछैन भनेका थिए ।’
संयोगवस ओबामाको कार्यकाल सकिएलगत्तै आफूले ओबामालाई स्वागत गर्न पाएको र बिदाको सदुपयोगमा साथ दिन पाएकोमा ब्रेनसनले आफूलाई भाग्यमानी ठानेका छन् ।
दुबै एउटै मोटरबोटमा सवार भएर केहीबेर ख्यालठट्टा गरे । यसक्रममा ब्रेनसनले ओबामाको गर्धन दुबै हातले समातेको र प्रतिकारमा ओबामाले मुक्का उठाएको दृष्य तस्वीरमा कैद भएको छ ।
Barak Obama


