विदेश

अमेरिकी अदालतले माग्यो ट्रम्पसँग जवाफ मुस्लिमलाई विभेद भएको हो कि होइन ?

अमेरिकी अदालतले माग्यो ट्रम्पसँग जवाफ मुस्लिमलाई विभेद भएको हो कि होइन ?
माघ २६ । अमेरिकी पुनरावेदन अदालतले मुस्लिम बहुल सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश मुस्लिमप्रतिको विभेद भएको होरहोइन भन्नेमा जवाफ मागेको छ । सात मुस्लिम मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा लगाइएको विषयमा सुनुवाई गर्दै न्यायाधीशले राष्ट्रपतिको कार्यकारी आदेश मुस्लिममाथिको विभेद होरहोइन जवाफ पेस गर्न भनेका हुन् । सन फ्रान्सिस्कोस्थित पुनरावेदन अदाललतमा भएको सुनुवाईमा न्यायाधीश रिचार्ड क्लिफ्टनले राष्ट्रपतिको आदेशले विश्वका १५ प्रतिशत मुस्लिम प्रभावित हुने भए त्यो मुस्लिमप्रतिको विभेदमा पर्छरपर्दैन भन्ने जवाफ पेश गर्न भनेका हुन् । पक्ष–विपक्षका वकीलले आ(आफ्ना तर्क पेश गरेका छन् भने पुनरावेदन अदालतले केही दिनमा आफ्नो फैसला दिने जनाएको छ । राष्ट्रपति ट्रम्पले इराक, इरान, सिरियासहित मुस्लिम बाहुल्य सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने तथा शरणार्थी कार्यक्रम एक सय २० दिनका लागि बन्द गर्ने कार्यकारी आदेश दिएपछि यो मुद्दा चर्केको छ । गत हप्ता वासिङ्टनको सियाटलस्थित संघीय अदालतले राष्ट्रपतिको निर्देशन तत्कालका लागि निलम्बित गर्न आदेश दिएको थियो । सियाटल अदालतको फैसलाविरुद्ध पुनरावेदन अदालतमा अपिल परेको हो । पुनरावेदन अदालतले जे फैसला गरे पनि यो मुद्दा फेरि सर्वोच्च अदालत जाने सम्भावना छ । धेरै जसो अदालतका न्यायाधीश राष्ट्रपतिको आदेशको विपक्षमा देखिएका छन् । तर न्याय विभागले भने राष्ट्रपति ट्रम्पको साथ दिएको छ ।

विशेष