विदेश

पाकिस्तानमा ६.३ म्याग्निच्यूडको भूकम्प

पाकिस्तानमा ६.३ म्याग्निच्यूडको भूकम्प
माघ - २६ । बुधबार बिहान सबेरै पाकिस्तानमा ६.३ म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगोर्विक सर्वेक्षण संस्थाले सो जानकारी दिएको छ । तर, भूकम्पबाट मानवीय र सम्पत्ति क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार बिहान ३ः०३ बजे सो भूकम्प गएको हो । सो भूकम्पको केन्द्रबिन्दू दक्षिणपश्चिमी तटीय सहर पास्नीबाट २३ किलोमिटर टाढा रहेको छ । सन् २०१५ को अक्टोबरमा पाकिस्तानी र अफगानिस्तानको सीमा क्षेत्रमा गएको ७।५ म्याग्निच्यूडको भूकम्पबाट करिब चार सय व्यक्तिको मृत्यु भएको थियो । सन् २००५ को अक्टोबर ८ मा पाकिस्तान नियन्त्रित कास्मिरमा गएको ७।६ म्याग्निच्यूडको भूकम्पबाट करिब ७३ हजार व्यक्तिको मृत्यु भएको थियो । यस भूकम्पको कारण करिब तीन लाख ५० हजार व्यक्ति घरवारविहीन भएका थिए ।

पाकिस्तान

विशेष