News

एमआरएम क्याम्पसमा विवाद चुलियो, अध्यक्ष विश्वेश्वरा दाहाल र पुत्रविरुद्ध खनिए शेयर धनीहरु

एमआरएम क्याम्पसमा विवाद चुलियो, अध्यक्ष विश्वेश्वरा दाहाल र पुत्रविरुद्ध खनिए शेयर धनीहरु
काठमाडौं बनस्थलीमा रहेको सहिद रामनाथ दाहाल स्मृति एकेडेमीका शेयर सदस्यहरु अध्यक्ष र प्रबन्ध निर्देशकप्रति आक्रोसित बनेका छन् । शेयर सदस्यहरु अध्यक्ष विश्वेश्वरा दाहाल र निर्देशक प्रवीन कुमार दाहालले लगानीकर्ता शेयर सदस्यहरुलाई अपमानजनक व्यवहार गरिएका भन्दै आक्रोसित बनेका हुन् ।
शेयर सदस्यहरुले सयुक्तरुपमा बुधबार विज्ञप्ति जारी गर्दै संस्थाको मर्म र लगानीकर्ता लगायतलाई व्यवस्था गरी संचालकले अध्यक्ष दाहाल र पुत्रले शैक्षिक संस्थामा अवान्छित गतिविधिहरु गरिरहेको आरोप लगाएका छन् । शैक्षिक वातावरण प्रदुषित भएको र शैक्षिक गुणस्तर खस्कनुका साथै १२०० भन्दा बढी संख्यामा विद्यार्थी रहेकोमा पछिल्लो समय गिरावट आई २५० को सेरोफेरो पुगेकोमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् । सामाजिक संस्थाले अनिवार्य गर्नुपर्ने वार्षिक साधारणसभासमेत दश वर्ष हुँदा समेत हुन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । महत्वपूर्ण पदहरुमा संचालकले संस्थागत निर्णय विना नै परिवारका सदस्य तथा नातागोताहरुलाई नियुक्ति गरेको आरोप लगाएका छन् । अध्यक्ष दाहालले संस्थालाई पारिवारिक बनाउने खालका क्रियाकलाप र व्यवहारहरुका संकेत देखिन थालेको भन्दै शेयर सदस्यहरूले आपत्ती जनाएका छन् ’निर्देशक प्रवीनकुमार दाहालबाट बारम्बार मादक पदार्थ सेवन गरी शैक्षिक संस्थामा अवाञ्छित गतिविधिहरु भएका, कर्मचारी र शिक्षकहरुप्रति हतोत्साहित हुने र भय सृजना गर्ने खालका क्रियाकलापहरु निरन्तर हुँदै आएका छन् । हामी यस्ता खालका सबै क्रियाकलापहरुको घोर भत्र्सना गर्दछौं र त्यस्ता सबैखाले क्रियाकलापहरुलाई आगामी दिनमा हुन नदिनका लागि अब संस्थागत पद्धति स्थापना गरी अगाडि बढ्नु पर्दछ भन्नेमा हामी शेयर सदस्यहरु पूर्ण प्रतिवद्धता व्यक्त गर्दछा्रै,’ विज्ञप्तिमा भनिएको छ । सहिद रामनाथ दाहाल स्मृति एकेडेमीका तीन वटा शैक्षिक संस्थाहरु सहिद रामनाथ बहुमुखी क्याम्पस सहिद रामनाथ दाहाल स्मृति उमावि र सहिद रामनाथ दाहाल कलेज संचालनमा छन् । २०६४ भदौमा सहिद रामनाथ बहुमुखी क्याम्पस निजीस्तरमा स्थापना गरिएको हो भने २०६५ सालमा उमावि संचालन गर्न मावि अनिवार्य हुनुपर्ने सरकारको नियमानुसार दार्जे मावि कम्पनी खरिद गरी एकेडेमीले शिक्षा दिदै आएको छ । त्यस्तै २०६६ सालमा संस्थाको उन्नतीका लागि पोखरा विश्वविद्यालयबाट निजीस्तरमा बि.वि.ए. कार्यक्रम संचालन गर्न सहिद रामनाथ दाहाल कलेजको स्थापना गरिएको हो ।

विशेष