विदेश

अफगानिस्तानमा ६ रेडक्रस कर्मचारीको हत्या

अफगानिस्तानमा ६ रेडक्रस कर्मचारीको हत्या

माघ २७ ।  अफगानिस्तानको उत्तरी प्रदेशमा हतियारधारी अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा अन्तर्राष्ट्रिय रेडक्रसका ६ जना कर्मचारीको मृत्यु भएको छ । हतियारधारीहरुले जौजाङ प्रान्तमा स्थानीय समयअनुसार बिहान १० बजेतिर आक्रमण गरेको अन्तर्राष्ट्रिय रेडक्रसका काबुलस्थित प्रवक्ता रमिन अयाज अहमदले जनाएका छन् ।

‘दुर्भाग्यवस जौजाङ प्रान्तमा भएको अप्रिय घटनामा ६ जना हाम्रा कर्मचारीको मृत्यु भएको छ,’ उनले भने । जौजाङ प्रान्तका गभर्नर लुटफुल्लह अजिजले पनि घटनाको पुष्टी गरेका छन् ।

इस्लामिक स्टेट ९आईएस० समर्थित लडाकुहरुको समूहले अन्तर्राष्ट्रिय रेडक्रसका ८ जना कर्मचारीलाई अपहरण गरेकोमा ६ जना मृत अवस्थामा भेटिएका थिए भने दुई जनाको अवस्था अज्ञात रहेको छ । घटनाका पीडित सबै जना अफगानिस्तानी नागरिक हुन् । आक्रमणकारीहरुको खोजीका लागि प्रहरीले सुरक्षा कारबाही कडा र तिब्र बनाएको बताएको छ । घटनास्थल अफगानिस्तानको राजधानी काबुलदेखि ३९० किलोमिटर उत्तरतर्फ पर्दछ ।

Redcross

विशेष