विदेश

बंगाली अभिनेत्री मृत फेला

बंगाली अभिनेत्री मृत फेला
माघ २८ । बंगाली फिल्म अभिनेत्री बितास्ता साह मंगलबार मृत फेला परेकी छिन् । कोलकत्तास्थित करबा इलाकाको फ्ल्याटमा एक्लै बस्दै आएकी २८ वर्षीया बितास्ताको शव पंखामा झुन्डिएको थियो । दुई दिनदेखि फोन नउठाएपछि बितास्ताकी आमा उनको फ्ल्याटमा पुगेकी थिइन् । धेरै बेरसम्म ढोका ढकढक्याउँदा पनि नखुलेपछि आमाले पुलिसलाई खबर गरेकी थिइन् । पुलिसले ढोका खोलेर हेर्दा बितास्ता पंखामा झुन्डिरहेकी थिइन् । उनको हातको नसा पनि काटिएको थियो । झट्ट हेर्दा आत्महत्या देखिए पनि उनको शरीरमा चोट देखिएकाले शंका गर्ने ठाउँ रहेको भारतीय अनलाइनले उल्लेख गरेका छन् ।

nepal

विशेष