खेल विदेश

क्रिकेट मैदानमै भयो खेलाडीको हत्या

क्रिकेट मैदानमै भयो खेलाडीको हत्या
माघ–२७ । बंगलादेशको चटगाउँमा खेलको दौरान झगडा पर्दा एक किशोर खेलाडीको मृत्यु भएको छ । मैत्रीपूर्ण क्रिकेट खेलको दौरान १४ वर्षीय फैसल हुसेनलाई स्टम्पले लागेर घाइते भएका थिए । उनको उपचारको क्रममा अस्पतालमा निधन भएको हो । स्थानीय मिडियालाई प्रतिक्रिया दिनेक्रममा प्रहरीले खेलको दौरान हुसेनको हत्या भएको पुष्टि भएको हो । घाइते हुनुअघि हुसेन फिल्डिङ गरिरहेका थिए । विपक्षी टोलीका ब्याट्सम्यानले आफूलाई आउट दिएको रिसमा स्टम्प उखालेर माथि फ्याँकिदिएका थिए । ब्याट्सम्यान नजिकै फिल्डिङ गरिरहेका हुसेनको टाउकोमा उक्त स्टम्प लागेपछि उनी मैदानमै ढलेका थिए । तत्कालै अस्पताल लगेपनि उनलाई अस्पतालले मृत घोषणा गरेको छ । घटनामा संलग्न ब्याट्सम्यानलाई प्रहरीले पक्राउ गरेको छ । –एजेन्सी

क्रिकेट बंगलादेश हत्या

विशेष