विदेश

दक्षिण इरानमा ग्यास विस्फोटबाट पाँचको मृत्यु, नौ घाइते

दक्षिण इरानमा ग्यास विस्फोटबाट पाँचको मृत्यु, नौ घाइते
माघ - २७ । इरानको दक्षिणी क्षेत्रमा अवस्थित एक कृषि अनुसन्धान स्थलमा भएको ग्यास विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको इरानको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । घटनामा नौ जना घाइते भएको जनाइएको छ । प्रारम्भिक अनुसन्धानपछि इरानी प्रहरीले घटना सुरक्षाप्रति संवेदनशील नबन्दा भएको जस्तो देखिएको भन्दै अनुसन्धानपछि विस्तृत विवरण बाहिर आउने बताएको छ । तेहरानको तल्लो क्षेत्रमा भएको एक आगलागीमा परी २६ जना इरानी नागरिक र १६ जना अग्नी नियन्त्रकको मृत्यु भएको एक महिना बित्न नपाउँदै यो दुःखद घटना भएको भन्दै राजधानीवासीले नागरिकको सुरक्षाप्रति संवेदनशील बन्न सम्बद्ध सबैसँग आग्रह गरेका छन् ।

ग्यास विस्फोट

विशेष