News

तेस्रो वरियताका जयबहादुर चन्द नेपाल प्रहरीको २५औँ आईजीपी बन्ने

तेस्रो वरियताका जयबहादुर चन्द नेपाल प्रहरीको २५औँ आईजीपी बन्ने
माघ २७ – नेपाल प्रहरीको २५औं महानिरीक्षक (आईजीपी) जयबहादुर चन्द बन्ने पक्का भएको छ । आईजीपी कसलाई बनाउने भन्नेबारेमा विवाद भइरहेका बेला गृहमन्त्री विमलेन्द्र निधी डीआईजी चन्दको पक्षमा उभिएसँग डीआईजीबाट आईजीपीमा बढुवा हुने पक्का भएको हो । गृहमन्त्री निधीले गृहसचिव लोकदर्शन रेग्मीलाई डीआईजी जयबहादुर चन्दका नाममा प्रस्ताव तयार पार्न बिहीबार निर्देशन दिएका छन् । मन्त्री निधिको निर्देशनमा रेग्मीले तयार पारेको प्रस्ताव आइतबार क्याविनेटमा पेश हुनेछ । पहिलो वरियताको आधारमा डिआईजी नवराज सिलवाल आइजी हुनुपर्छ भन्ने अडान राख्दै आएका गृहमन्त्री निधि पार्टी सभापति देउवाको अडान सामु लचक भए । अन्तत उनले पहिलो बरियाताका सिलवाल र दोस्रो बरियताका डीआइजी प्रकाश अर्यालको रोलक्रम मिचेर चन्दलाई आइजीमा सिफारिस गर्न गरे । गृहमन्त्री निधीले बिहीबार साँझ बसेको क्याबिनेट बैठकमै चन्दलाई आइजी बनाउने प्रस्ताव ल्याउन लागेका थिए । समयाभावले प्रस्ताव पेश हुन सकेन र आइतबारसम्म सारिएको बताइन्छ । निर्णयमा फेरबदल नभए ७२ हजार प्रहरीको जिम्मेवारी चन्दले सम्हाल्ने पक्का छ । चन्द २०४४ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश हुन् ।

Jay Bahadur Chanda

विशेष