News

बलभद्रले बनाएको घर संरक्षणको पर्खाइमा

बलभद्रले बनाएको घर संरक्षणको पर्खाइमा

माघ २८ । राष्ट्रिय विभूति तथा नालापानी युद्धका नायक बलभद्र कुँवरले निर्माण गरेको काठमाडौं, इचंगुनारायाणस्थित दुई सय बर्ष पुरानो घरको अब अवशेषमात्र बाँकी छ ।

नालापानीबाट फर्केपछि बलभद्रले सन् १८७२ मा निर्माण गरेको उक्त घरको संरक्षण हुन सकेको छैन । कमजोर धरोहर गत बर्षको भूकम्पले भग्नावशेषमा परिणत गरेको थियो । घरसँगै बलभद्र तथा उनका अन्य दुई दाजुभाइ मिलेर बनाएको भगवतीको मन्दिरसमेत भूकम्पबाट जर्जर छ ।

०२१ को नापीमा बलभद्रको घरसहितको जग्गा बाग्मती सफाईका अभियन्ता हुतराम बैद्यको नाममा दर्ता भएको थियो । उत्त घरको संरक्षणको लागि कुँवरका पाँचौं पुस्ताका सन्तान तथा दरबार स्कुलका पूर्वप्रधानाध्यापक रामराज कुँवर लगायतले प्रयास गरेका पनि थिए । तर घरजग्गा अर्कैको नाममा रहेकाले संरक्षण गर्न नसकिएको कुँवरले बताए ।

घर संरक्षणका लागि वैद्य सकारात्मक रहे पनि उनको मृत्युपछि उनका सन्तानले सहयोग नगरेको कुँवरले जानकारी दिए । बलभद्रले निर्माण गरेको मन्दिरलाई भने गुठीमार्फत संरक्षण प्रयास भइरहेको उनले जानकारी दिए ।

नागरिक

Balbhadra Kuwar

विशेष