विदेश

ट्रम्पलाई अर्को झड्का, आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लागएको निर्णय खारेज

ट्रम्पलाई अर्को झड्का, आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लागएको निर्णय खारेज

माघ २८ । आप्रवासीलाई एक सय २० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी निर्णय अदालतले खारेज गरेको छ ।

नाइन्थ सर्किट कोर्टका तीन जना न्यायाधीशले एक सय २० दिने प्रतिवन्धसँगै सात मुस्लिम देशका नागरिकलाई ९० दिनसम्म अमेरिका प्रवेशमा लगाएको रोक पनि खारेज गरेको छ ।

कार्यकारी निर्णय रोक्ने तल्लो अदालतको आदेशविरुद्ध ट्रम्प प्रशासनले अपिल गरेको थियो । अपिल अदालतले पनि निर्णय खारेज हुने आदेश गरेको हो । अपिलको आदेशमा चित्त नबुझे प्रशासनलाई सुप्रिम कोर्ट जाने अधिकार छ ।

ट्रम्पको कार्यकारी आदेशको सर्वत्र विरोध हुँदै आएको छ । कार्यकारी निर्णयबाट ट्रम्प प्रशासनले इरान, इराक, लिविया, सोमालिया, सुडान । सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको थियो ।

Donald Trump

विशेष