विदेश

इण्डोनेशियामा भारी वर्षासंगै गएको पहिरोमा परी ७ जनाको मृत्यु

इण्डोनेशियामा भारी वर्षासंगै गएको पहिरोमा परी ७ जनाको मृत्यु
माघ २८ । इण्डोनेसियाको बालीमा पहिरोमा परी ७ जनाको ज्यान गएको छ । पहिरोमा परि २ जना बालबालिका सहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ । धाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । इण्डोनेसियाको राष्ट्रिय विपत व्यवस्थापनका अनुसार भारी वर्षापछि आएको पहिरोमा निधन भएको जनाएको छ । निधन भएकाको रेडकक्रसका कर्मचारी, आर्मी, पुलिसले उद्दार गरेको थियो । पहिरोमा ५ घरमा क्षति पुगेको छ भने मृत्यु हुने २ बच्चा मध्ये ७ वर्षिया बालिका र १ वर्षिय बालक रहेको जनाएको छ ।

Indonesia

विशेष