विदेश

ट्रम्पले अन्ततः त्यही गरे, डिभी रोक्ने लगे संसदमा विधेयक

ट्रम्पले अन्ततः त्यही गरे, डिभी रोक्ने लगे संसदमा विधेयक

माघ २८ । दुई अनुदारवादी अमेरिकी सिनेटरले वैधानिकआप्रवासीको प्रवाहलाई निस्तेज पार्ने अभिप्रायले माथिल्लो सदन सिनेटमाआप्रवासी सम्बन्धी एक विधेयक दर्ता गरेका छन् ।

सो विधेयकको मूल उद्देश्य हालको आप्रवासीको प्रवाहलाई पचास प्रतिशतले कटौती गर्ने रहेको छ । अर्कान्सासका सिनेटर टम कटन एवै जर्जिया सिनेटर डेविड पेरड्युको सो प्रस्तावित विधेयकमा हाल हरेक वर्ष दश लाखले पाउँदै आएको अमेरिकामा बसोबासको वैधतालाई पाँच लाखमा झार्नु पर्ने उल्लेख छ ।

अमेरिकी रोजगारलाई शसक्त पार्ने नामाकरण गरिएको सो विधेयकमा पारिवारिक कोटा अन्तर्गत आफन्तलाई अमेरिकी बसोबासको वैधता दिने नियम रोक्नुपर्ने एवं डाइभर्सिटी भिसा (डिभी) बन्द गर्नुपर्ने उल्लेख छ । विधेयकमा हाल ग्रीन कार्डको आवेदन दिनेहरुमा ७० प्रतिशत, अमेरिकामा बसोबास गरिरहेका ग्रीनकार्ड होल्डरका, विदेशस्थित आफन्तहरु रहेको उल्लेख छ ।

हरेक वर्ष अमेरिकाले डिभी भिसामार्फत विश्वका विभिन्न देशबाट पचास हजारलाई ग्रीनकार्ड दिँदै आएको छ । डिभी मार्फत हरेक वर्ष नेपालबाट ४–५ हजारको संख्या अमेरिका भित्रिँदै आएको छ ।

Donld Trum DV

विशेष