अस्पतालको लापरबाहीका कारण ५ जनालाई एड्स सर्यो

माघ २८ । चीनको झेजिङ्गमा एक अस्पतालको लापारवाहीका कारण ५ जनामा एचआईभी एड्सको संक्रमण सरेको छ ।
प्रयोग भैसकेका स्वास्थ्य सामाग्री कर्मचारीले पुन प्रयोग गर्दा ५ जनामा एचआईभी सरेको अस्पताले स्वीकार गरेकोे छ । एचआईभी संक्रमित विरामीलाई प्रयोग गरेको ट्युब स्वास्थ्य प्रविधिकले सामान्य बिरामीमाथि प्रयोग गरेको अस्पतालले पुष्टि गरेको छ ।
अस्पतालले स्वास्थ्य प्रक्रिया सम्बन्धी नियमको गम्भिर उल्लंघन गरेको स्थानीय प्रशासनले जनाएको छ । कमजोर स्वास्थ्य सुरक्षाका कारण दुई दशक अघि चीनमा एचआईभी संक्रमण फैलिएको थियो । चीनमा ५ लाख भन्दा बढीमा एचआइभीको अझै पनि संक्रमण रहेको तथ्यांक सार्वजनिक भएका थिए ।
Chaina hiv aids