News

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
माघ - २८ । सुदूरपश्चिमको दार्चुलास्थित हिकिला गाविसलाई केन्द्रविन्दु बनाएर आज ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको छ । । बिहान ११ बजेर १३ मिनेट जाँदा सो भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थ दहालले राससलाई जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले सो भूकम्पबाट हालसम्म कुनै प्रकारको क्षति नभएको सूचना प्राप्त भएको जानकारी दिए। यसअघि माघ २५ गते राति पनि भारतको उत्तराखण्ड प्रदेशको बद्रीनाथ क्षेत्र आसपास केन्द्र बनाएर ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प जाँदा त्यसको असर नेपालको सुदूरपश्चिम क्षेत्रमा महसुस भएको थियो ।

भूकम्प

विशेष