न्यूजिल्याण्डको तटमा एकैसाथ ३०० ह्वेल मृत फेला

माघ–२८ । न्यूजिल्याण्डको साउथ आइल्याण्ड द्विपमा करिब ३०० ह्वेल मृत अवस्थामा भेटिएको छ । बिहीबार राति द्विपको तटमा आएका पाइलट ह्वेलमध्ये ३०० ह्वेल मरेका हुन् ।
स्वयंमसेवकहरुले अन्य ह्वेललाई बचाउने प्रयास गरिरहेका छन् । कतिपय ह्वेलको अवस्था निकै गम्भीर रहेको पनि बताइएको छ ।
यसअघि सन् २०१५ मा करिब २ सय ह्वेल न्यूजिल्याण्डको समुद्री तटमा मृत अवस्थामा फेला परेको थियो ।
यसैबीच वैज्ञानिकहरुले ह्वेल समुद्री तटमा आउनुको कारणबारे अनुसन्धान समेत सुरु गरेका छन् । स्थानीय सञ्चारको अनुसार केही ह्वेललाई भने समुद्रमा फर्काउन सफल भइसकेको छ ।
तटमा आइपुगेका ह्वेललाई पानीको गहिराइको कारण फर्किन गाह्रो हुने र ह्वेलको मृत्यु हुने समुद्री जीवन संरक्षण संस्थाले बताएको छ ।
न्यूजिल्याण्ड
साउथ आइल्याण्ड
ह्वेल


