News

१३ देशका लागि राजदूत नियुक्ति हुँदै, अमेरिकाका राजदूत फर्काउने तयारी

१३ देशका लागि राजदूत नियुक्ति हुँदै, अमेरिकाका राजदूत फर्काउने तयारी
माघ – २८ ।  सरकारले १३ देशका राजदूतावासका लागि राजदूत नियुक्ति गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत सिफारिक गर्न लागेको हो । १३ देशमा रिक्त रहेका दूतावासका लागि नियुक्त गर्ने भनिएका राजदूतहरु मध्ये २ जनाको नाम पक्का भएको छ । बैठकमा राप्रपाले प्रतिभा राणा र काँग्रेसले गौरव समशेर राणाको नाम सिफारिस गरेको स्रोतले बतायो । राजदूतहरू पूर्वराजाकाे पक्षमा अन्तराष्ट्रियस्तरमा लविङ गर्नका लागि नियुक्त गर्न लागिएकाे स्राेतले जानकारी दियाे । त्यस्तै, अमेरिकास्थित नेपाली  राजदूत डा अर्जुन कार्कीलाई स्वदेश फर्काउने तयारी भइरहेको स्रोतकाे भनाइ छ । कार्की राजदूतमा नियुक्त हुनु पूर्व लामो समयसम्म विभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्था (आईएनजिओ)मा कार्यरत थिए । पछिल्लो समय  आइएनजीओको विरोध बढिरहेका कारण उनलाई फिर्ता बाेलाउने तयारीमा सरकार लागेको बताइन्छ। सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र राप्रपाको भागबन्डाका आधारमा राजदूत नियुक्ति हुन लागेको हो । सत्तारूढ दलहरुको निर्णय अनुसार १३ राजदूतावास मध्ये कांग्रेस ६, माओवादी ४ र राप्रपाको भागमा ३ छन् । कांग्रेको भागमा परेको ६ कोटा मध्ये एक जना राजदूत पहिलै नियुक्त भइसकेका छन् । श्रीलंका, जापान, इजरायल, साउदी, अरब कतार, अस्ट्रेलिया, डेनमार्क, बहराइन, म्यानमार, बंगलादेश, दक्षिण कोरिया, युएई र ओमनका लागि राजदूत नियुत्ति हुन लागेको हो । गत १९ साउनमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन भएयता भारतमा दीपकुमार उपाध्याय र चीनमा लीलामणि पौड्याल राजदूत नियुक्त भएका छन् ।

राजदूत नियुक्ती

विशेष