News

चक्रपथमा हुँइकिरहेको बाइक यसरी ढलमा पस्यो (भिडियोसहित)

चक्रपथमा हुँइकिरहेको बाइक यसरी ढलमा पस्यो (भिडियोसहित)


काठमाडाै‌ । काठमाडौंको महारागञ्ज नजिकै सडक छेउमा शुक्रबार अपरान्ह ठूलै भिड लाग्यो । ट्राफिक व्यवस्थापनमा समेत कठिनाइ हुने सम्भावना बढ्दो थियो । सडकको वारिपारिबाट ढलतिर हेर्दा मान्छे खसेर अर्को दुर्घटना होला भन्ने स्थिति थियो ।   सडकमा यात्रा गरिरहेकालाई कतुहलता बढ्ने नै भयो, ढलमा के छ ? ढलमा थियो बा ६९ प ७३६२ नम्बरको बाइक । स्टार्ट गर्न ठिक्क पारेझैं गरी ढलमा बाइक दखिन्थ्यो । प्रहरी डोरी लगाएर बाइक तान्न खोजिरहेका थिए । यस्तो देखिन्थ्यो, मानौं बाइक कुनै परीक्षणका लागि ढलमा खसालिएको हो ।


बाइक साइकललाई ठक्कर दिँदै ढलतिर उछिट्टिएको रहेछ । धन्न बाइक चालक र साइकलयात्री दुबैलाई ठूलो चोट लागेनछ । प्रहरीका अनुसार साइकल यात्री अस्पतालमा राखिएका छन् । बाइक चालक प्रहरीको नियन्त्रणमा छन् । उनीहरुका बारेमा विस्तृत जानकारी दिन घटनास्थलमा उपस्थित प्रहरीले इन्कार गरे । प्रहरीले डोरी लगाएर बाइक ताने । त्यसरी खसेको भएपनि बाइकलाई कुनै क्षति भएको रहेनछ । त्यसरी ढलमा खसेको बाइक डोरी लगाएर ढलबाट झिकेपछि प्रहरी चलाएरै लगे ।

ट्राफिक व्यवस्थापन महारागञ्ज

विशेष