News

'अख्तियारको विश्वसनीयतामा प्रश्न गर्नु नपरोस्'

'अख्तियारको विश्वसनीयतामा प्रश्न गर्नु नपरोस्'
माघ - २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो विश्वसनीयता र प्रभावकारितामा नकारात्मक असर पर्न नदिने गरी काम गर्नुपर्ने बताएकी छन् । आयोगको २६ औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले व्यवस्थापिका-संसद् र सर्वोच्च अदालतमा आयोगबारे बहस भएको सन्दर्भलाई ध्यान दिई जनअपेक्षाअनुरुप पेसागत निष्ठा र व्यावसायिक दक्षता अपनाएर मुलुकमा सुशासन कायम गर्ने भूमिका निर्वाह गर्न पनि आग्रह गरिन् । संसद्मा आयोगका निवर्तमान प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो भने उहाँको नियुक्तिको योग्यतासम्बन्धी रिटमा सर्वोच्चले अयोग्य सावित गरेपछि उनी पदमुक्त भएका थिए । “आर्थिक सामाजिक रुपान्तरणसहितको समृद्ध नेपालको सपना पूरा गर्न सुशासन कायम गर्ने काममा आयोगको चरित्र र क्षमता अब्बल भई प्रभावकारी भूमिका निर्वाह गर्नसक्ने विश्वास लिएको छु”, उनले भनिन् ।

bidhya debi bhandari

विशेष