अष्ट्रेलियाबाट फर्किए लगत्तै मुसहरका लागि यसरी पसिना बगाउँदैछन् धुर्मस (फोटो फिचर)

माघ २९ । मुसहर बस्ती निर्माणका लागि अष्ट्रेलियाबाट ६५ लाख सहयोग रकम संकलन गरेर स्वदेश फर्के लगतै धुर्मुस महोत्तरीको बर्दिबासस्थित निर्माणधिन एकीकृत नमुना मुसहर बस्ती निर्माणमा श्रमदान गरिरहेका छन् ।
उनी बस्ती आएकै दिन उनलाई तराई मधेसबाट एक लाख बराबरको सहयोग रकम प्राप्त भएको छ । महोत्तरी बर्दिबास स्थित गौतम होटलका संचालक हिरा गौतमले बस्ती निर्माण स्थलमा पुगेर एक लाख रुपैंया बराबरकोे चेक हस्तान्तरण गरेका छन् ।
बस्ती निर्माणमा साबेलले मसाला फिट्दै गरेका धुर्मुसलाई भेटेर उनले चेक हस्तन्तरण गरेका हुन् । चेक हस्तान्तरण गर्दै उनले भने,‘मुसहर बस्ती निर्माणले तराई, पहाड र हिमाललाई एउटै मलामा उन्नेकाम भएको छ । त्यसैले बस्ती निर्माणमा जो जहाँ हुनुहुन्छ त्यहीबाट सबै जना बस्ती निर्माणमा खुलेर सहयोग गरौं ।’
चेक लिदैं धुर्मुशले भने,‘सहयोगी मनहरुकै साथ र सहयोगले हामी निरन्तर राष्ट्र निर्माणको अभियानमा लागि रहेका हौं । मुसहर बस्तीको निर्माण कार्य सम्पन्न गरि बैशाख १ गते बसौंदेखीका घरबार विहिन मुसहरहरुलाई नयाँ घरमा प्रवेश गराउँदैंछौं । निर्माण कार्य सम्पन्न गर्न अब हामीसंग मात्र २ महिना बाँकी छ ।हालसम्म हामीले ३५ प्रतिशत काम सकेका छौं ।’ धुर्मुस यति खेर बस्तीमा स्थानियहरुसंग श्रमदान गरेर समृद्ध देश बनाउन पसिना बगाइरहेका छन् । बस्ती निर्माणको अफिसियल कामले हाल काठमाडौंमा रहेकी सुन्तली धुर्मुसलाई सघाउन फाल्गुण १ गतेबाट बस्ती निर्माणमा जुट्ने बताइएको छ ।
हालसम्म झन्डै २ करोंडभन्दा बढी रकम संकलन भएपनि बस्ती निर्माणका लागि अझै २ करोंड ५० लाख रकम अपुग रहेकोले तराई मधेशका उद्योगि, व्यापारी, समासेवी साथै सम्पूर्ण सहयोगी मनहरुसंग धुर्मुसले सहयोगका लागि अनुरोध गरेका छन् । बस्ती निर्माणमा झन्डै ४ करोंड ७८ लाख खर्च हुने अनुमान गरिएको छ । बस्ती निर्माणको अभियानमा चाँडौं भन्दा चाडौं सहयोगी मनहरुलाई सहयोग गर्न धुर्मुस सुन्तलीले संयुक्त अपिल गरेका छन् ।
धुर्मुस
मुसहर बस्ती









