विदेश

फिलिपिन्समा ६.७ म्याग्निच्यूडको भूकम्प, चारजनाको मृत्यु

फिलिपिन्समा ६.७ म्याग्निच्यूडको भूकम्प, चारजनाको मृत्यु
माघ - २९ । फिलिपिन्सको दक्षिणी मिन्दानाओ टापुको सुरिगाओ सहरमा गएको ६.७ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पमा चारजनाको मृत्यु भएको छ भने १०० जनाभन्दा बढी घाइते भएका छन् । शुक्रबार गएको भूकम्पमा कारण भवनहरु भत्किएका छन् भने खानेपानी र विद्युत् सेवा अवरुद्ध भएको छ । सहरमा रहेको विमानस्थलको धावनमार्ग भत्किएकाले हवाई उडान स्थगित गरिएको छ । भूकम्पको केन्द्रबिन्दू जमिनबाट १० किलोमिटर तल रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पपछि ९० भन्दा बढी पराकम्पनको धक्का महसुस गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाइएको छन् ।

Earthqake in Philippine

विशेष