विदेश

अमेरिकामा आधा दर्जन राज्यमा इमिग्रशनको छापा, सयौँ कागजविहीन आप्रावासी हिरासतमा

अमेरिकामा आधा दर्जन राज्यमा इमिग्रशनको छापा, सयौँ कागजविहीन आप्रावासी हिरासतमा
माघ - २९ । अमेरिकान इमिग्रेशन अर्थरिटीले एक सातायता आधा दर्जन राज्यमा छापामारी सयौँ कागजविहीन आप्रावासीलाई पक्राउ गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कायकारी आदेशमा अमेरिकास्थित संघीय प्रवासी अधिकारीहरुले कागजविहीन आप्रावासीलाई धरपकड गरेको हो । पूर्वराष्ट्रपति बाराक ओबामाको पालमा पनि यसरी छापा मारिएको भएपनि त्यसबेला अपराधमा संलग्नलाई मात्र पक्राउ गरी देश निकाला गरिएको थियो । तर, ट्रम्पको पालमा भने अपराधमा संलग्न नभएका आधिकारीक कागजविहीन आप्रावासीलाई पनि पक्राउ गरिएको छ । अमेरिकी प्रवासी एवम् अध्यागमन विभागका लस एन्जल्स क्षेत्रीय कार्यालयका निर्देशक डेभिड मारिनका अनुसार एटलान्टा, न्यूयोर्क, शिकागो, लस एन्जल्स नर्थ क्यारिलोना, र साउथ क्यारिलोना आसपासका क्षेत्रबाट आधिकारिक दस्तावेज नबोकेका आप्रवासीलाई हिरासतमा लिएको छ । एक सातायता संघीय प्रवासी अधिकारीहरुले ती आप्रवासीहरुलाई गिरफ्तार गरेर हिरासतमा लिएका हुन् । पक्राउ पर्नेमा अधिकांश ल्याटिन अमेरिकी देशका नागरिक रहेको समाचारमाध्यमहरुले जनाएका छन् । नेपाली परे नपरेको अहिलेसम्म सार्वजनिक भइसकेको छैन । मारिनका अनुसार पाँच दिनसम्म चलाइएको यस कारबाहीका क्रममा कम्तिमा पनि १६१ जना आप्रवासी पक्राउ परेका छन् । यसका अलावा तीन अन्य प्रान्तका कार्यक्षेत्र एटलान्टास्थित कार्यालयका प्रवक्ता ब्रायन कक्सका अनुसार यी प्रान्तबाट पनि कम्तिमा २ सय जना आप्रवासीलाई गिरफ्तार गरी हिरासतमा राखिएको छ ।

America

विशेष