विदेश

बाटो भुलेर भारत पसेका ’राजबहादुर’ चीन फर्के

बाटो भुलेर भारत पसेका ’राजबहादुर’ चीन फर्के
माघ – २९ । बाटो भुलेर भारत आएका चिनियाँ सैनिक ५४ वर्षपछि आफ्नो घर फर्केका छन् । भारत पसेपछि ६ वर्षसम्म भारतीय जेलमा बिताएका ७७ वर्षीय वाङ्ग की (राजबहादुर) आफ्नो परिवारसहित शनिबार चीनतर्फ लागेका हुन् । उनी सन् १९६२ को भारत–चीन युद्धको केही महिनापछि सिमा चौकीबाट बाटो भुलेर भारत छिरेका थिए । ६ वर्ष जेल जीवन बिताएपछि वाङ्ग मध्ये प्रदेशको बालाघाटमा घरसमेत बनाएर बसेका उनी अहिले दुबै देशको सरकारको मद्दतमा आफ्नो देश चीन भर्किएका हुन् । उनको साथमा ३५ वर्षीय छोरा विष्णु, बुहारी नेहा र नातिनी खनक वाङ्ग पनि साथमा थिए । तर उनकी पत्नी सुशीला भने भारतमै रोकिएकी छन् । वाङ्ग दिल्ली-बेइजिङ उडानबाट चीन पुगेका हुन् । छोरा विष्णुका अनुसार उनका बाबु १ जनवरी १९६३ मा रातको समयमा बाटो भुलेर भारतको असम पुगेका थिए । त्यहाँ उनलाई भारतीय सेनाले गिरफ्तार गरेको थियो । उनले असम, अजमेर र दिल्लीको जेलमा ६ वर्षसम्म बिताउनु परेका थियो ।

wang returns home from india

विशेष