विदेश

जापानको सुरक्षाप्रति अमेरिका प्रतिबद्ध - ट्रम्प

जापानको सुरक्षाप्रति अमेरिका प्रतिबद्ध - ट्रम्प
माघ - २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री सिन्जो आबेलाई हार्दिक स्वागत गर्दै आपसी सम्वन्धलाई थप घनिष्ट बनाउने बताएका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा शुक्रबार भएको वार्तापछि ट्रम्पले जापानको सुरक्षाप्रति अमेरिकाको प्रतिबद्ध जनाए । अमेरिका र जापानबीचको सम्वन्ध प्रशान्त क्षेत्रको शान्तिका लागि महत्वपूर्ण भएको ट्रम्पले बताएका थिए। भेटमा जापानका प्रधानमन्त्री आबेले उत्तर कोरियाबाट रहेको परमाणु खतरा दुवै देशका लागि उच्च प्राथमिकता भएको बताए । दुवै नेताले दुई देशबीचको व्यापार र आर्थिक सम्बन्ध सुदृढ बनाउनुपर्ने आवश्यकतामा जोड दिएका थिए । भेटबार्तापछि भएको संयुक्त सम्मेलनमा ट्रम्पले जापानलाई एउटा महत्वपूर्ण र दृढ सहयोगीका रुपमा दुइपक्षीय सम्बन्धलाई थप निकट बनाउन प्रतिबद्धता जनाएका थिए। सामरिक दृष्टिकोणले महत्वपूर्ण रहेका वकिनावा टापूसहित जापानका अन्य क्षेत्रमा अमेरिकी सेनाले आफ्नो महत्वपूर्ण उपस्थिति जनाउँदै आएको छ । यस विषयमा पनि उनीहरुकाबीचमा गम्भिर कुराकानी भएको बताइएको छ ।

डोनाल्ड ट्रम्प सिन्जो आबे

विशेष